Wednesday, March 12, 2025
spot_img
Homeअपराध खबरएक सय ६० किलोग्राम गाँजासहित एक जना पक्राउ

एक सय ६० किलोग्राम गाँजासहित एक जना पक्राउ

धनकुटा, सहिदभूमी गाउँपालिका-४ खोकुबाट अवैध लागूऔषध गाँजा १ सय ६० किलोग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय युगेन राईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

 इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले खोकुबाट पिप्लेतर्फ जाँदै गरेको प्र.१-०२-००२ च ६५६१ नम्बरको बलेरोलाई जाँच गर्ने क्रममा १२ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक युगेनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू