Tuesday, March 11, 2025
spot_img
Homeगृहपृष्ठएकै वर्षमा करिब ६ हजार शंकास्पद वित्तीय कारोबार भएको आशंका

एकै वर्षमा करिब ६ हजार शंकास्पद वित्तीय कारोबार भएको आशंका

काठमाडौं । एक वर्षमा शंकास्पद वित्तीय कारोबार रिपोर्टिङ शतप्रतिशत बढेको छ । गत आर्थिक वर्ष शंकास्पद वित्तीय कारोबार निगरानी गर्ने वित्तीय जानकारी इकाइमा करिब ६ हजार शंकास्पद कारोबार रिपोर्टिङ भएको छ । नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाइले आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै शंकास्पद कारोबार तथा शंकास्पद गतिविधिमा उल्लेख्य वृद्धि भएको जनाएको छ ।

२०७८र७९ मा २ हजार ७ सय ८० कारोबार रिपोर्टिङ वित्तीय जानकारी इकाइमा भएको थियो । गत आर्थिक वर्ष २०७९र८० मा बढेर ५ हजार ९ सय ३५ पुगेको हो । २०७७र७८ मा १ हजार ५ सय ३३ शंकास्पद कारोबार वित्तीय जानकारी इकाइमा रिपोर्टिङ भएका थिए ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा १ माघ २०७६ देखि अनलाइनमार्फत नै बैंक शंकास्पद कारोबार र गतिविधि रिपोर्ट वित्तीय जानकारी इकाइमा गर्न सक्ने प्रणाली ९गो–एएमएल० कार्यान्वयनमा ल्याएको थियो ।

गत आवमा कुल गो–एएमएल लागु भएपछि पैसा वा चेक जम्मा गर्नेको विवरण प्रणालीबद्ध हुँदै गएको छ। आपराधिक तथा आतंकवादी क्रियाकलापबाट वित्तीय क्षेत्रमा हुन सक्ने जोखिम घटाउन उक्त प्रणाली कार्यान्वयनमा आएको थियो । आपराधिक तथा अवैधानिक बाटोबाट आर्जित पैसा बैंकिङ कारोबार हुनबाट रोक्न उक्त प्रणालीले काम गर्ने गर्छ ।

राष्ट्र बैंकले विकास बैंकबाट सुरु गरेको गो–एएमएल हाल १ हजार ३ सयभन्दा बढी वित्तीय कारोबार गर्ने संस्थामा कार्यावन्यन भइसकेको छ । पछिल्लो पटक २०७८ साउनबाट सहकारी संस्थासहित वित्तीय कारोबार गर्ने अन्य गैरबैंक तथा वित्तीय संस्थामा पनि गो–एएमएल कार्यान्वयनमा गएको थियो ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू