Home गृहपृष्ठ उपमहानगरपालिकाका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

उपमहानगरपालिकाका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

0

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ का वडाअध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। वडाअध्यक्ष ताराबहादुर कार्कीले घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारको हेटौंडा कार्यालयको टोलीले वडाध्यक्ष तारा बहादुर कार्की क्षेत्रीलाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ लिइएको अवस्थामा पक्राउ गरेको थियो ।

उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर बुधबार बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

Exit mobile version