Tuesday, April 1, 2025
Homeगृहपृष्ठउद्योगको बिजुली काटिएपछि मजदुर सडकमा

उद्योगको बिजुली काटिएपछि मजदुर सडकमा

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएको विरोधमा बाराको सिमरास्थित जगदम्बा स्टिल, त्रिवेणी स्पिनिङ मिल र हुलास स्टिलमा कार्यरत मजदुरले प्रदर्शन गरेका छन्। मंगलबार बिहान जगदम्बा स्टिल उद्योगका मजदुरबाट विरोध प्रदर्शन सुरु भएको थियो। त्यसपछि त्रिवेणी स्पिनिङ मिल र हुलास स्टिलमा कार्यरत मजदुर पनि सडकमा उत्रिएका छन्।

जगदम्बा स्टिलमा करिब ३ हजार ५ सय, त्रिवेणी स्पिनिङमा करिब २ हजार ५ सय र हुलास स्टिलमा करिब एक हजार ५ सय मजदुर कार्यरत छन्। आ–आफ्ना कारखानाबाट प्लेकार्डसहित प्रदर्शनमा निस्किएका उनीहरुले नेपाल विद्युत प्राधिकरणको कार्यालय घेराउ गरी जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ।

बिजुली काटिएपछि उद्योग बन्द हुँदा आफूहरुको रोजीरोटी संकटमा परेको भन्दै मजदुरले प्रदर्शन गरेका हुन्। उनीहरुले उद्योग र प्राधिकरणबीचको द्वन्द्वको मारमा आफूहरु परेको गुनासो गरेका छन्।

लोडसेडिङका बेला केही उद्योगले प्रिमियम शुल्क लाग्ने डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोग गरेको भन्दै प्राधिकरणले छुट बिलको पत्र काटेपछि विवाद बढेको हो। खासगरी डेडिकेटेड फिडर र ट्रंक लाइन मार्फत वितरण गरेको विद्युतको महसुल दरको भुक्तानीलाई लिएर प्राधिकरणले कतिपय उद्योगको बिजुलीको लाइन काट्न थालेको हो।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू