Wednesday, March 12, 2025
spot_img
Homeगृहपृष्ठउड्न लागेको बुद्ध एयरको इमरजेन्सी ढोका खोल्ने परियार पक्राउ

उड्न लागेको बुद्ध एयरको इमरजेन्सी ढोका खोल्ने परियार पक्राउ

काठमाडौं । एक यात्रुले बुद्ध एयरको पोखराबाट काठमाडौं उड्न लागेको विमानको इमरेजेन्सी ढोका खोलिदिएपछि सो उडान आकमिस्क रुपले रद्द भएको छ। बुद्ध एयरका पोखरा प्रमुख गौतम बरालका अनुसार बिहान ९ बजेका लागि तय भएको उडान नम्बर ६५२ ले यात्रुहरु चढाएर जहाजका सबै ढोका बन्द गरेर उडानको तर्खर गर्न लाग्दा जहाजको इमर्जेन्सी ढोका एकाएक खोलिदिएका थिए।

गौतमका अनुसार भीम परियार नामका यात्रु जहाजको १– सी–डी अर्थात् इमर्जेन्सी ढोका भएको सिटनेर बसेका थिए। उनले आपत्‌कालीन ढोका खोलेपछि उडान रद्द गरिएको र यात्रुहरुलाई अर्को जहाजबाट काठमाडौँ पठाइएको गौतमले बताए। ‘इमर्जेन्सी ढोका खुलेपछि उडान रद्द गरिएको छ।

उहाँ (भीम परियार) ले जहाजमा यात्रु बोर्ड गरेर डोर लक गरेपछि इमर्जेन्सी ढोका खोलिदिनुभयो, जहाजमा वान सी र डी सिट हुन्छन्। सो सिट हामी वृद्ध र बिरामीलाई दिँदैनौँ । केही भइहाल्यो खोल्नपर्ने ढोका हो। उहाँले खोलिदिनुभयो, उडान रोकियो’, गौतमले भने, यात्रुलाई अर्को विमानबाट पठाइयो। अब त्यो जहाजचाहिँ इञ्जिनियरले परीक्षण र उडानका लागि ठीक छ भनेपछि मात्र उडाउने हो, जहाजमा प्राविधिक समस्या आएको हैन। यात्रुचाहिँ अहिले प्रहरी नियन्त्रणम हुनुहुन्छ।’

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू