Wednesday, December 4, 2024
spot_img
Homeमनोरन्जनइनास मेरिल्याण्डको आयोजनामा बाल्टिमोरमा ‘किड्स ट्यालेन्ट शो’

इनास मेरिल्याण्डको आयोजनामा बाल्टिमोरमा ‘किड्स ट्यालेन्ट शो’

काठमाडौं । अन्तराष्ट्रिय नेपाली कलाकार समाज अमेरिकाको मेरिल्याण्ड शाखा संस्कृति संरक्षणमा सक्रिय छ । संस्था यतिबेला गायन, नृत्य र व्यायाममार्फत नेपाली संस्कृतिको प्रवर्धनमा कस्सिएको छ ।

इनास मेरिल्याण्डको वार्षिकोत्सव तथा बालप्रतिभा प्रस्फुटन कार्यक्रम यसैसाता सम्पन्न भयो । १७ वर्ष मुनिका नानीबाबुलाई अतिथि बनाएर गरिएको यस्तो शैलीको कार्यक्रम अमेरिकी डायस्पोरामा पहिलो अवसर हो ।

मोरिल्याडको बाल्टिमोरमा आयोजित ‘किड्स ट्यालेन्ट शो’मा २६ बालबालिकाले भाग लिए । कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको संस्थाका अध्यक्ष लक्ष्मण पौडेल र संयोजक शान्ति भण्डारीले जनाए ।

प्रतियोगितामा असुना छन्त्याल पहिलो, कृपा ढकाल दोस्रो र सिर्जिता तामाङ तेस्रो भए । कार्यक्रममा नेपाली फिल्म क्षेत्रका प्रसिद्ध कलाकार पनि सहभागि थिए । अभिनेत्री सारंगा श्रेष्ठ, अरूणिमा लम्साल, उषा पौडेल, गायिका सरिश्मा अमात्य, संगीतकर्मी कमल सौराग पनि सहभागि भए ।

निर्णायकमा फिल्म निर्देशक तथा इनास अमेरिकाका महासचिव एवं प्रवक्ता गोपालचन्द्र लामिछाने र ओकिली ब्याण्डका गायक सृजन ताम्राकार थिए । प्रमुख अतिथिमा इनास अमेरिल्याण्डका सल्लाहकार, समाजसेवी तथा प्रमुख प्रायोजक अमर छन्त्याल थिए ।

सहप्रयोजक इन्द्र थापा पनि सहभागि थिए ।

सो अवसरमा वार्षिक सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भयो । सांस्कृतिक कार्यक्रममा मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारी पनि थिए । कार्यक्रममा लोकप्रिय गायकगायिकाले गीत र नृत्य प्रस्तुत गरे ।

कमल सौराग, प्रवेश पौडेल, श्याम गुरुङ, कन्हैयासिंह परियार, अञ्जना गुरुङ, आभा मुकारुङ, याम क्षेत्री, शान्ति भण्डारी, कल्पना देवकोटा, लक्ष्मण पौडेल, राजु ढुंगेल, उदय भट्टराई, राजेश खड्गी, अमृत रामदाम, स्वरुपा रसाइली, खिम मस्रांगी, सुजन रामदाम, माधवी भण्डारी, रबी पौडेल, रमेश परियार, रमेश सुनुवार, विराज रामदाम लगायतले प्रस्तुति दिए ।

कार्यक्रममा इनास अमेरिकाका अध्यक्ष तथा अभिनेता राहुल केसी, इनास पेन्सिलभेनियाका विकास घलेको पनि उपस्थिती थियो । संस्थाले पुरस्कृत र सहभागि भएका बालबालिका र दातालाई समेटेर धन्यवाद कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू