Thursday, March 20, 2025
spot_img
Homeगृहपृष्ठइजरायली आक्रमणमा १४२ संयुक्त राष्ट्रसंघका कर्मचारीको मृत्यु

इजरायली आक्रमणमा १४२ संयुक्त राष्ट्रसंघका कर्मचारीको मृत्यु

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्यालेस्टाइनी शरणार्थीको लागि राहत तथा कार्य एजेन्सीले गाजामा आफ्ना १४२ कर्मचारीको ज्यान गएको बताएको छ । गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि इजरायलले गाजामा बमबारी थालेको थियो । त्यसयता जारी आक्रमणमा गाजापट्टीमा आफ्ना १४२ कर्मचारीको मृत्यु भएको यूएनआरडब्ल्यूएले जनाएको हो ।

“हाम्रो टोलीले अत्यावश्यकतामा परेका मानिसलाई मद्दत गर्न काम गरिरहेका छन् । गाजामा मारिएका १४२ भन्दा बढी सहकर्मीको मृत्युमा हामी स्तब्ध भएका छौँ । उनीहरुको परिवारप्रति हाम्रो समवेदना छ,” राष्ट्रसंघको प्यालेस्टाइनी शरणार्थी एजेन्सीले सामाजिक सञ्जाल एक्समा लेखेको छ । इजरायली आक्रमणमा हालसम्म २० हजार ४०० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । हमासको आक्रमणबाट इजरायलमा मृत्यु हुनेको संख्या १ हजार १३९ रहेको अलजजिराले उल्लेख गरेको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू