काठमाडौं । अर्जुन कुमालले तेस्रो तथा अन्तिम एक दिवसीयमा आयरल्याण्ड एविरुद्ध शतक बनाएका छन् ।
२८५ रनको लक्ष्य पछ्याएको नेपालका ओपनर कुमालले ३४औँ ओभरको पहिलो बलमा २ रन जोड्दै शतक पुरा गरेका हुन् । ११३ बलको सामना गरेका उनले १४ चौका हानेका थिए ।
कुमालले अर्जुन साउदसँग मिलेर नेपाललाई राम्रो सुरुवात दिलाएका थिए ।