Wednesday, March 12, 2025
spot_img
Homeविविधआजको मौसमः तराइमा हुस्सु र कुहिराे लाग्ने

आजको मौसमः तराइमा हुस्सु र कुहिराे लाग्ने

काठमाडौं, १८ पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै स्थानहरुमा हुस्सुरकुहिरो लागेको अवस्था छ । साथै देशको उच्च पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली रहेको छ।

दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

राती भने पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ ।

बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू