काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता भैरहवा जाने भएका छन् । पूर्वराजा शाह पश्चिम क्षेत्र र मध्य क्षेत्रको भ्रमणको सिलसिलामा आगामी हप्ता भैरहवा जाने भएका हुन् ।शाहका संवाद सचिव डा. फणिराज पाठकले सोमवार एक सूचना जारी गर्दै पूर्व राजासँगै पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह पनि भैरहवा जाने बताएका छन् ।पूर्वराजा शाहले पश्चिम र मध्यपश्चिमका केही जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको पाठकले जानकारी दिएका छन् ।