Tuesday, April 1, 2025
Homeगृहपृष्ठआगलागीबाट ९ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल नष्ट

आगलागीबाट ९ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल नष्ट

इलाम । सूर्योदय नगरपालिका-८ पाल्टाङ्गेस्थित सुभाकर पुरासैनीको घरमा गएराति आगलागी भएको छ  । 
 विद्युत सर्ट भई भएको आगलागीमा नगद ७० हजार रूपैयाँ, घरमा रहेको कस्मेटिक पसल, फर्निचर लगायतका सामान जलेर करिब ९ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । 

स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू