Monday, March 17, 2025
spot_img
Homeगृहपृष्ठआगजनी भएको हनुमान मन्दिर ब्रह्मस्थानमा सांसद साह पुग्दा गुन्जियो जय श्रीरामको नारा

आगजनी भएको हनुमान मन्दिर ब्रह्मस्थानमा सांसद साह पुग्दा गुन्जियो जय श्रीरामको नारा

रौतहट १० माघ। रौतहटको संसदीय निर्वाचन क्षेत्रको नेतृत्व गरिरहेका संघीय संसद किरण कुमार साह इशनाथ नगरपालिकास्थित जटहरा गाउँछेउ अज्ञात समूहले आगजनी गरेको हनुमान मन्दिर र ब्रह्म स्थानमा पुग्दा जय श्रीरामको नारा गुन्जिएको छ। 

सांसद साह आफ्ना समर्थकसहित ईशनाथ ५ जटहारा गाउँछेउ सामुदायिक स्कुलको प्राङ्गणमा रहेको हनुमान मन्दिर र विद्यालयको १०० मिटर पछाडि रहेका ब्रहमस्थानमा बुधवार बिहान पुग्दा हजारौं मानिस जम्मा भएका थिए।

हातहातमा धार्मिक झण्डा बोकेका हिन्दू धर्मका समर्थकहरु जय श्रीराम को नारा लगाउँदै धार्मिक आस्था माथि कुठाराघात गर्ने अपराधी लाई अविलम्ब पक्राउ गर्न माग गरेका छन्।

रौतहट क्षेत्र २ का सांसद किरण साहले जम्मा भएका हजारौं मानिस लाई शान्त रहन आग्रह गर्दै दोषीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन त्यहाँ पुगेका एसपी महेन्द्र कुमार श्रेष्ठ लाई अनुरोध सहित निर्देशन दिएका थिए।

बिद्यालय छेउमा रहेको मन्दिरमा हनुमानजीको मूर्ति र ब्रह्मस्थानमा कसैले पराल राखेर आगो लगाएको  छ। आगलागी बाट हनुमान को मुर्ति र ब्रह्मस्थानमा क्षती पुगेको छ। जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले घटनाको पुष्टी गरेकी छन्। कसैले पराल राखेर गएराती दुवै मन्दिरमा आगजनी गरेको देखिन्छ घटना बारे स्थानीयले आज बिहान देखेर प्रहरीलाई खबर गरेका थिए। लगत्तै जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठ र सशस्त्र प्रहरी प्रमुख एसपी माधव रेग्मी सहितको टोली घटनास्थल पुगेको तथा छानबिन सुरु गरेको  छन्।

सामाजिक सद्भाव बिगार्न यस्ता आराजक गतिबिधि गर्ने दोषीलाई खोजतलास गरी कडा भन्दा कडा कारबाही गर्न स्थानीयले प्रहरी प्रशासन संग जोरदार माग गरेका छन् ।

आगलागी बाट क्षतिग्रस्त भएको हनुमानजीको उक्त मूर्ति २५  बर्ष अघि भारतको राजधानी दिल्ली बाट ल्याईर स्थापना गरिएको स्थानीयले जानकारी गराएका छन् । रौतहटको क्षेत्र २ अन्तर्गत बिगत लामो समय देखि दुई समुदाय बीच बिभिन्न बिषयमा पटकपटक बिवाद हुँदै आएको छ। उक्त क्षेत्रमा धार्मिक बिवाद लिएर शान्ति सुरक्षा कायम राख्न प्रहरी प्रशासन लाई पनि ठूलो चुनौती हुनेगर्दछ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू