Home अपराध खबर अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

0

काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम २ सय मिलिग्राम, डिजिटल तराजु १ थान र मोबाइल २ थानसहित काठमाडौं महानगरपालिका-२६ लैनचौर बस्ने पाँचथर फालेलुङ गाउँपालिका-५ घर भएका २४ वर्षीय कृष्ण बहादुर लायोलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय १० मिलिग्रामसहित सुर्खेत बिरेन्द्रनगर नगरपालिका-१० बस्ने २० वर्षीय प्रदीप बुढालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको  हो । 

नुवाकोट, ककनी गाउँपालिका-१ ताम्सालिङगेटस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोसहित सोही गाउँपालिका-२ बस्ने २४ वर्षीय सविन तामाङ समेत २ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले ककनीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.७७ प ५५८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

कैलाली, गोदावरी नगरपालिका-५ गेटास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-१३ बस्ने २८ वर्षीय कमल भट्टलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका-४ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-४ मेघावारी घर बताउने २९ वर्षीय सुवास ताजपुरिया र सोही ठाउँ बस्ने २१ वर्षीय अम्मर कुमार राजवंशी रहेका छन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

सुनसरी, देवानगंज गाउँपालिका-७ स्थित सडकबाट अवैध लागूऔषध गाँजा २१ किलो २ सय ग्रामसहित २ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य सुपौल तिनटोलिया पंचायत प्रतापगंज थाना बस्ने २९ वर्षीय सुनिल कुमार यादव र देवानगंज गाउँपालिका-२ बस्ने २४ वर्षीय रणधिर यादव रहेका छन् । इलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरीले हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

सुर्खेत, बिरेन्द्रनगर नगरपालिका-११ धुलिया बिट बस्ने २१ वर्षीय बिबेक बिश्वकर्मालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १ सय ९० मिलिग्रामसहित बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको  प्रहरीले  उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

बागलुङ, ढोरपाटन नगरपालिका-१ बुर्तिबाङस्थित मिना एण्ड लप्सन खाजा घर संचालन गरी बस्ने ५० वर्षीय धन बहादुर भण्डारीलाई अवैध लागूऔषध गाँजा १ किलो ५० ग्रामसहित बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले उनको खाजा पसल तलासी गर्ने क्रममा उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।

झापा, मेचिनगर नगरपालिका-६ काँकरभिट्टास्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्रामसहित दमक नगरपालिका-८ किरात चोक बस्ने २३ वर्षीय रमेश दर्जीलाई बिहिबार दिउँसो प्रहरीले  पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाजुरा, बुढिगंगा नगरपालिका-७ वायल गाउँबाट अवैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ ६ सय १० मिलिग्राम र अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्रामसहित २ जनालाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय बाबुराम खड्का र खप्तड छेडेदह गाउँपालिका-५ बस्ने बस्ने २६ वर्षीय दिपक रावत रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले खड्काको कुखुरा फर्म तलासी गर्दा फर्ममा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

Exit mobile version