काठमाडौं, २८ साउन । उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेल तथा भारतीय विदेश सचिव विक्रम मिस्री बिच भेटवार्ता भएको छ ।
दुई दिने भ्रमणको क्रममा हिजो नेपाल आएका भारतीय बिदेश सचिव मिस्री आज अर्थमन्त्री पौडेललाई भेट्न सिंहदरबार पुगेका हुन् ।
उनले हिजो राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटबार्ता गरेका थिए ।