Home अन्तर्राष्ट्रिय अमेरिकी सपना देखाएर भारतीय नागरिकलाई बन्धक बनाउने आठ जना सार्वजनिक

अमेरिकी सपना देखाएर भारतीय नागरिकलाई बन्धक बनाउने आठ जना सार्वजनिक

0

काठमाडौँ । ‘अमेरिका सपना’ देखाएर भारतीय नागरिकहरुलाई काठमाडौँमा ल्याएर बन्धक बनाएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । आरोपीहरुलाई काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले बताए । फागुन २ मा काठमाडौंँ प्रहरीले आरोपीहरुले बन्धक बनाएका ११ जनालाई काठमाडौँ महानगरपालिका–९ स्थित रातोपुलबाट उद्धार गरेको थियो ।

पक्राउ पर्नेमा भारतीय नागरिकहरु अब्दुल रहिम, इन्दुसिंह यादव, चरणजित सिंह, अशोक कुमार, मनिषकुमार मल्होत्रा, निपुन गुप्ता, मोहम्मद सविर मिया र नेपाली नागरिक रामचन्द्र शर्मा छन् । आरोपीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । आरोपीहरुविरुद्ध शरीर बन्धक बनाउन नहुने कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको काठमाडौँका एसएसपी खत्रीले जानकारी दिए । पक्राउ गरिएका ८ जना मध्येका नेपाली नागरिक रामचन्द्र शर्माले रातोपुलमा भाडामा घर खोजिदिएका हुन् ।

Exit mobile version