Thursday, March 13, 2025
spot_img
Homeअपराध खबरअमेरिका पठाइदिने भन्दै ५९ लाख ठगी, दुई जना पक्राउ

अमेरिका पठाइदिने भन्दै ५९ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गोरखा गण्डकी गाउँपालिका-२ घर भई चितवन भरतपुर महानगरपालिका-१० बस्ने ४३ वर्षीय कुलबहादुर थापा र गोरखा गण्डकी गाउँपालिका-२ घर भई हाल काठमाडौं नागार्जुन बस्ने ३१ वर्षीय राजन आले छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई मंगलबार सिनामंगलबाट पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार अमेरिका पठाइदिने भन्दै उनीहरूले पीडितहरूबाट ५९ लाख २५ हजार रुपैयाँ ठगी गरेको आरोप छ।

रकम लिएर फरार भएपछि पीडित प्रहरीको सम्पर्कमा पुगेका थिए। उनीहरूलाई थप कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू