काठमाडौँ । अभियन्ता पुण्य गौतममाथि आक्रमण भएको छ । सोमबार साँझ गोकर्णेश्वर नगरपालिका–८ स्थित बेशिगाउँमा अज्ञात व्यक्तिले उनीमाथि रड प्रहार गरेर भागेका हुन् ।
नेकपा (एमाले)का केन्द्रीय सदस्य समेत रहेका गौतमको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ । आक्रमणमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।