Thursday, December 5, 2024
spot_img
Homeमनोरन्जन‘अनौठो तृष्णा’ अमेजन प्राइम भिडियोमा रिलिज

‘अनौठो तृष्णा’ अमेजन प्राइम भिडियोमा रिलिज

अन्तर्राष्ट्रिय ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा नेपाली फिल्म ‘अनौठो तृष्णा’ स्ट्रिमिङ भएको छ। यो प्लेटफर्ममार्फत नै फिल्मको वर्ल्ड प्रिमियर पनि गरिनेछ। तर, अहिलेको लागि यो रिलिज अमेरिका, युके र जर्मनीमा मात्र सीमित छ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘अनौठो तृष्णा’को ट्रेलर सार्वजनिक गरिएको थियो। निर्देशक प्रधानले फिल्म समाजका चार फरक व्यक्तिहरूका लुकेका तृष्णाहरूको कथा हो भन्ने बताए। “हाम्रो उद्देश्य यो फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने हो, तर नेपाली भाषामै विश्वभरका दर्शकहरू माझ पुर्‍याउने प्रयास गरेका छौं,” प्रधानले भने।

फिल्मका निर्माता सुगम आचार्यले भने, ‘अनौठो तृष्णा’ नेपाली फिल्महरूलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन महत्त्वपूर्ण कदम भएको बताए। “यो त सुरुवात मात्र हो। चाँडै अरू नेपाली फिल्महरू पनि प्राइम भिडियोमा आउनेछन्,” उनले भने।

हालका लागि यो फिल्म तीन देशमा मात्र उपलब्ध भए पनि निर्माता आचार्यले छिट्टै नेपालसहितका अन्य मुलुकहरूमा पनि स्ट्रिमिङ गरिने जानकारी दिए।

निरञ्जन प्रधानको निर्देशनमा बनेको यो क्राइम र सस्पेन्स शैलीको फिल्ममा विजय बराल, नवीन न्यौपाने, महेश त्रिपाठी, सृष्टि खड्का, अलिसा शर्मा, र विकास लामिछानेले प्रमुख भूमिका निभाएका छन्। बाबुराम निरौलाले लेखेको यो फिल्म स्टर्म क्रो प्रोडक्सन नेपाल र स्टर्म क्रो फ्रेमवर्क अस्ट्रेलियाको सहकार्यमा निर्माण भएको हो। फिल्मका निर्माता सुगम आचार्य र निरञ्जन प्रधान हुन्।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू