Thursday, December 5, 2024
spot_img
Homeअपराध खबरअनलाइनमार्फत ८४ लाख ठगेको आरोपमा युवक पक्राउ

अनलाइनमार्फत ८४ लाख ठगेको आरोपमा युवक पक्राउ

काठमाडौँ । अनलाइन माध्यमबाट क्यानडाको सपना देखाएर ठगेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा घर भएर ललितपुर बस्ने २३ वर्षीय पुरुषोत्तम भण्डारी छन् । आरोपीले ८४ लाख १५ हजार ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए । उनले सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’को दुरुपयोग गरेर रकम ठगेका हुन् ।

क्यानडा लैजान्छु’ भनेर उनले पीडितहरूलाई विभिन्न व्यक्तिहरूको बैंक खातामा रकम हाल्न लगाएर ठगेको अनुसन्धानबाट थाहा भएको छ । साउन ११ मा उनलाई कोटेश्वरबाट पक्राउ गरेर कानुनी कारवाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएकोमा एसपी आचार्यले बताए । 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू