Home गृहपृष्ठ अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ निलम्बित

अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ निलम्बित

0

अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ निलम्बित भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा उनीविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका हुन्। तामाङ निलम्बनमा परेसँगै गृह मन्त्रालयले अध्यागमनमा नयाँ महानिर्देशक पठाउने तयारी गरेको छ। आज भोलि नै नयाँ महानिर्देशक पठाउने गरी छलफल भइरहेको स्रोतको दाबी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीसहित १५ जना कर्मचारी र तीन वटा कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो।

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य तामाङले ११ करोड, ९ लाख १७ हजार ४५८ रुपैयाँ ८८ पैसा भ्रष्टाचार गरेको आरोप छ। तामाङलाई १० वर्षसम्म कैद र जरिवाना गरी दफा १७ बमोजिम बिगो असूल हुन समेत मागदाबी लिइएको छ। सरकारी सम्पत्ति हानी नोक्सानी गराएर निर्माण व्यवसायीलाई फाइदा पुर्‍याएको र बैंक जमानीबाट असुल गरी सोमा लाग्ने ब्याज ११ करोड ९ लाख १७ हजार ४५८ रुपैयाँ ८८ पैसा असुल नगरेको आरोप तामाङमाथि छ।

Exit mobile version